५५ लाख नगदसहित ८ जना हुण्डी कारोबारी पक्राउ

Hundi-हुण्डी
५५ लाख नगदसहित जना हुण्डी कारोबारी पक्राउ

१७ भदौ,वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट ५४ लाख ९६ हजार नेपाली रुपैयाँसमेत बरामद भएको छ । वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनाबारेमा अनुसन्धान भइरहेको भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले अनुसन्धान भइरहेकोले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए । ‘हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा हामीले उनीहरुलाई नियन्त्रणमा लिएका छौं, उनीहरुको साथबाट ठूलो परिमाणमा नगद पनि बरामद भएको छ,’ उनले भने, ‘अनुसन्धान पछि थप विवरण सार्वजनिक गर्छौ ।’

More News

भारतसँग बाणिज्य सन्धि: थप दुई बन्दरगाह माग्दै नेपाल
भारतदेखि थाइल्याडसम्मको चामल नेपालमा, २९ अर्ब ३६ करोडको धान आयात,

Leave a Reply

Your email address will not be published. Required fields are marked *