भारतसँग बाणिज्य सन्धि: थप दुई बन्दरगाह माग्दै नेपाल

भारतसँग बाणिज्य सन्धि: थप दुई बन्दरगाह माग्दै नेपाल

नेपालभारतबीचको बाणिज्य सन्धि पुनरावलोकनबारे छलफल गर्न नेपाली टोली बुधबार (२३ साउन) भारत जाने भएको छ।

दिने छलफलको लागि उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजु नेतृत्वको सदस्यीय टोली भारत जाने भएको हो।

सन् १९६० मा भएको नेपालभारतको व्यपार तथा व्यापार सन्धि पछिल्लो पटक सन् २००९ मा पुनरावलोकन भएको थियो। समय सान्दर्भिक बनाउने गरी उक्त सन्धिलाई परिमार्जन गरिँदै आएको छ। दुबै देशले सन्धि परिमार्जनको आवस्यकता देखेपछि दुबै देशका छलफल थालेका हुन्।

बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुका अनुसार द्विपक्षीय छलफल पटक हुनेछ। उक्त छलफलले परिमार्जनको लागि आवश्यक विषयवस्तुमा पुनरावलोकन हुनेछ यो प्रक्रिया करिव महिनामा समापन गर्ने सैजुँ बताउँछन्।

नेपालले यसपटक मुख्य दुई विषयमा केन्द्रित रही बाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा छलफल गर्नेछ। तिनमा भारत हुँदै तेस्रो मुलुक व्यवपारमा कोलकता बन्दरगाह विशखापटनम बन्दरगाह मात्रै प्रयोग हुँदै आएकोमा अब थप दुई बन्दरगाह माग गर्नेछ।

निश्चित बन्दरगाह भनेर नतोकिँएपनि नेपाललाई अनुकूल हुने पूर्वीभेग पश्चिमी भेगको बन्दरगाहका लागि नेपाली पक्षले अनुरोध गर्नेछ। नेपालको पूर्वी पश्चिमी दुबै सीमाबाट आयत निर्यात सहज हुने गरी बन्दरगाहको माग गर्न लागिएको हो।

तेस्रो मुलुकबाट ल्याइएका सामानका लागि नेपाली व्यापारीहरुले बन्दरगाहमा महंगो मूल्य तिर्नु परिरहेको छ। त्यसका कारण सामानको मूल्य महंगो हुँदा त्यसको मार नेपाली उपभोक्ताहरुलाई पर्ने गरेको छ।

कोलकता बन्दरगाह सानो अव्यस्थितपनि भएकाले नेपाली सामान लामो समय बन्दरगाहमा रोकिने गरेका छन्, जसका कारण लागत खर्च बढेको व्यापारीहरु बताउँछन्।

त्यस्तै नेपालले अर्को मुद्दाको रुपमा भारतसँगको बढ्दो व्यापार घाटालाई कम गर्न नेपालले वाणिज्य सन्धिमै लगानी भित्र्याउने व्यवस्थासहितको प्रस्ताव गर्ने भएको छ। व्यापार घाटा कम गर्न वाणिज्य सन्धिमै यस्तो व्यवस्थाको प्रस्ताव पहिलो पटक गर्न लागिएको हो।

सन्धिमा नै भारतले नेपालमा लगानीको सम्भावना देखेका उद्योगहरु स्थापना गर्ने विषय उल्लेख गराउने नेपाली पक्षको तयारी छ।

गत आर्थिक बर्षको तथ्याङ्क अनुसार नेपालभारतबीचको व्यापार घाटा ६७ प्रतिशत छ। भारतीय पक्षले लगानी गरेका उद्योगबाट उत्पादित वस्तु भारत निर्यातको प्रस्ताव गर्ने योजना नेपालले बनाएको छ।

त्यसो गर्दा नेपालको कच्च पदार्थको सदुपयोग तथा औगोगिक विकास हुने विश्लेषण नेपाली पक्षले गरेको छ।

छलफलका क्रममा नेपालले आयतनिर्यातमा सहजिकरणको विषय पनि उठाउनेछ। त्यस्तै, इलोक्ट्रोनिक्स कार्गोको विषय पनि उठान हुने भएको छ।

विशाखापटनम बन्दरगाहबाट आउने कार्गोका लागि इलोक्ट्रोनिक्स प्रक्रिया सुरु भैसकेको कोलकता तथा थप हुने बन्दरगाहमा पनि इलोक्ट्रोनिक्स प्रक्रिया अपनाउनुपर्ने प्रस्ताव नेपालको हुनेछ।

यो प्रविधि प्रयोग गरियो भने नेपालमा आयात भइरहेका सामानबारेको सूचना घरमै बसेर हेर्न सकिने हुन्छ। यसबाट कुन स्थानमा सामान आइपुग्यो भन्ने कुराको समेत जानकारी मिल्न सक्छ।

 

One Comment on “भारतसँग बाणिज्य सन्धि: थप दुई बन्दरगाह माग्दै नेपाल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *