भारतदेखि थाइल्याडसम्मको चामल नेपालमा, २९ अर्ब ३६ करोडको धान आयात,

भारतदेखि थाइल्याडसम्मको चामल नेपालमा, २९ अर्ब ३६ करोडको धान आयात,

 नेपालमा दिन प्रतिदिन धान आयातको क्रम बढिरहेको एक प्रतिवदेनले देखाएको छ।

 कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष धानको खपत बढ्दै गएको विदेशबाट आयतको क्रम पनि बढेको पाइएको हो।

कृषि मन्त्रालयका सचिव डा यूवकध्वज जीसीले नेपालखबरसँग कुरा गर्दै नेपालको ग्रामिण इलाकामा मोटरबाटो पुगेकोले चामलको खपत बढिरहेको बताए। मोटरबाटो चामलको खपत सम्बन्धित रहेको उनको भनाई छ। हरेक ग्रामिण भेगमा मोटर पुग्दासबै भन्दा पहिले चामल जाने गरेको उनको धारणा छ। रैथाने खानेकुरा भन्दा पनि चामललाई ग्रामिण भेगमा मान्छेले प्राथमिकतामा राखेका कारण नेपालमा हरेक वर्ष धानको खपत बढेको उनको भनाई छ।

कृषि मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार वर्षको अवधिमा खर्ब ३१ अर्ब ६७ करोड रुपैयाको धान आयात भएको देखाएको छ। गत आर्थिक वर्षमा मात्रै आयात बढेर २९ अर्ब ३६ करोड ३६ लाख रुपैया पुगेको छ।

प्रतिवेदन अनुसार २०६९/७० मा ४५ लाख हजार सय लाख टन उत्पादन भएको थियो। तर, माग ५१ लाख ७१ हजार सय २२ टनको थियो। माग पूर्ति गर्न थप लाख ६७ हजार सय १९ टन आयात भएको जनाएको छ। माग क्रमश बढेर आर्थिक बर्ष २०७४/७५ मा ५८ लाख ८९ हजार सय ८४ टन पुगेको थियो। तर, उत्पादन ५१ लाख ५१ हजार सय २५ टन मात्रै थियो। माग धान्नै गत आर्थिक वर्षमा लाख ३७ हजार सय ५९ टन धान आयात भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी भारतबाट आयात भएको छ। आयातित धान मध्ये ५० प्रतिशत भारतबाट ४० प्रतिशत जापान बाट आयात भएको छ। जापानबाट भने चामल आयात हुने गरेको जनाएको छ। यस्तै, १० प्रतिशत थाइल्याण्डबाट आयात भएको देखिएको हो।

प्रतिवेदन अनुसार ०७३/७४मा १० लाख ८६ हजार सय ७७ टन धान आयात भएको थियो। उक्त धान खरिदमा २३ अर्ब ८७ करोड ८३ लाख रुपैया विदेशिएको जनाइएको छ।

मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार नेपालबाट भारतमा धान विक्रि नभएको उल्लेख छ। नेपालको भन्सार कार्यालयबाट मन्त्रालयले लिएको सूचनामा नेपालको धान विदेश नगएको प्रतिवेदनले उल्लेख गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *